६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई

पाेखरा | चैत २०, २०८०

६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई

पोखरा:  ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा सेतिमदी बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ ।

 

पोखराको हरिचोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म सेतिमदी सहकारीले सरसफाई कार्यक्रम गरेको हो ।

 

पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहकारीका अध्यक्ष जयलाल अधिकारीलाई सरसफाईका समाग्री हस्तातरण गर्दै सरसफाई शुभारम्भ गरिएको थियो ।

 

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानांगले उक्त कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गरे ।

 

उनले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै आगामी दिनमासमेत रचनात्मक र सकारात्मक कार्यक्रमलाई सहकारीले निरन्तरता दिनुपर्ने बताएका थिए ।
 

हरिचोकदेखि विन्ध्यवासिनीसम्म सडक किनारमा फालिएका प्लाष्टिक, प्लाष्टिकजन्य पदार्थहरु तथा बोतल लगायतका फोहोरहरु व्यवस्थापन गरिएको सहकारीका शिक्षा तथा वातावरण उप–समितिका संयोजक प्रेम बहादुर गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो सहकारीले विगतमा पनि समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतनमूलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ ।

 

सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ देशभर ६७ औं राष्ट्रिय सहकारी दिवस एकसाथ मनाउदै छन्  ।

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्