रेडियो अन्नपूर्णको रक्तदान भोलि

पाेखरा | चैत १६, २०८०

रेडियो अन्नपूर्णको रक्तदान भोलि

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।

 

रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका लागि रक्तदान” भन्ने नाराकासाथ  खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संयोजक राजाराम पौडेलले बताए ।

 

उनले रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरुसमेत गठन गरिएको छ ।

 

रेडियोले हालसम्म ७ हजार ४ सय ९६ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले जानकारी दिए  ।

 

रक्तदान कार्यक्रममा सहकार्यका लागि पोखरा इन्टरनेट ,एनआइसी एसिया बैंक,नबिल बैंक,नेपाल बैंक,श्री स्टील प्रा.लि, बृज एडिटिभिज,रुपाकोट सुनचादी दुकान, डि.एस टेड्स,सलिको इन्स्योरेन्स,इश्वर,राष्ट्रिय वाणिज्य बैंक, नेलम्बो नेपाल,लायन्स क्लब अफ स्मार्ट टाउन,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज,सिजि फुड्स नेपाल रियो जुस, डावर नेपाल रियल जुस, माई बुक्स स्टेस्नरी,रोजिना अफसेट प्रेस,परिचय एडभटाइजिङ,पेन्गुइन मिनिरल वार्टर,तालबाराहि फार्मेसी रहेका छन् ।

 

रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । 

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्