पाल्पामा भरुवा बन्दुकसहित ४ जना पक्राउ

पाल्पा | चैत १४, २०८०

पाल्पामा भरुवा बन्दुकसहित ४ जना पक्राउ तस्बिर फाइल

पाल्पा:    पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिंडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्ग्ढीबाट उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा रैनादेवी छहरा(७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका(५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।


उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक जनालाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्