हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर | चैत १३, २०८०

हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता

हेटौँडाः   बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । 

 

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र  बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । 

 

संसदीय दलका नेता वज्राचार्यले  प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै मुख्यमन्त्री नपाएमा विपक्षमा बस्ने बताउनुभयो । 

 


यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्