कांग्रेस सांसदले शिक्षा विधेयकबारे विज्ञसँग छलफल गर्दै

काठमाडाैं | असोज १०, २०८०

कांग्रेस सांसदले शिक्षा विधेयकबारे विज्ञसँग छलफल गर्दै

काठमाडौं:  नेपाली कांग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने भएको छ । कांग्रेसका सांसदहरुसँग छलफल गर्नका लागि शिक्षा क्षेत्र सम्बद्ध विभिन्न व्यक्तिहरुलाई बोलाइएको छ ।


बुधबार हुने छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला र धनञ्जय शर्मा, पूर्वसचिव जनार्दन नेपाल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल लगायतलाई बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

 

विषय विज्ञका रुपमा आमन्त्रितहरुले सांसदहरुलाई विधेयकमा शिक्षा क्षेत्रका समस्या र विधेयकमा उल्लेखित विषयमा छलफल गर्नेछन् । आमन्त्रितहरुलाई २० देखि ३० मिनेटको बोल्नका लागि समय उपलब्ध गराइएको छ । उनीहरु बोलिसकेपछि कांग्रेसका सांसदहरुले जिज्ञासा राख्नेछन् ।

 

कांग्रेसले शिक्षा विधेयकका विषयमा मंगलबार शिक्षक संम्वद्ध संगठनका नेताहरुसँग छलफल गरेको थियो । दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा छलफल राखिएको छ ।


 

काठमाडौँ:  एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई नेपाली ५ लाखमा बिक्री गरेको पाइएको छ ।   प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल च...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।   पोखरा महानगरपालिकाको न्यायिक समितिक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।   उपसभापति गुरूङले 'सत्यतथ्य नबोल्ने ग...

थप पढ्नुहोस्