दाउन्नेबाट १ सय ५० एम्पुल लागूऔषधसहित चौधरी पक्राउ
नवलपुर | साउन ६, २०८०
नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरी रहेका छन् ।
उनको साथबाट बुप्रेनोर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनारगन ५० एम्पुल बरामद गरेको छ ।
प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित चौधरीलाई फेला पारेको थियो ।
पक्राउ परेका उनीमाथि लागुऔषध कसुरमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

