कुशलको आक्रामक अर्धशतक, नेपालको सानदार ब्याटिङ
काठमाडाैं | साउन ३, २०८०
काठमाडौं: नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईविरुद्ध सानदार ब्याटिङ गरेको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङका साथ सानदार सुरुवात दिलाएका हुन् । नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।
कुशल भुर्तेल ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रनमा क्रिजमा छन् । उनलाई देव खनालले २६ बलमा ४ चौकासहित १८ रनमा साथ दिएका छन् । ओपनर अर्जुन साउद भने पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

