लोकतान्त्रिक तमु संघ रुपाको अध्यक्षमा सुबेदार केहरसिंह गुरुङ
पाेखरा | असार ३१, २०८०
पोखरा: लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।
गाउँपालिकाको अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिको प्रथम अधिवेशनले केहरसिंङ गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन भएका हुन् ।
नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।
बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

