'एसपिपी' सम्झौता खारेज हुन्छ: अध्यक्ष दाहाल

काठमाडाैं | असार ३, २०७९

'एसपिपी' सम्झौता खारेज हुन्छ: अध्यक्ष दाहाल

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताउनुभएको छ ।

 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो ।

 

उहाँले भन्नुभयो, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौं  तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।” एमसिसी र एसपिपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उहाँले आरोप लगाउनुभयो ।

 

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले तत्काल गठबन्धन हेरफेर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उहाँले अहिले पार्टीमा त्यस्तो नभएको बताउनुभयो ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्