अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव
काठमाडाैं | असार २८, २०८०
दाङ: दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

