टोलमा पुगेर योजना छान्दै वडा नं. २६

पाेखरा | असार २, २०७९

टोलमा पुगेर योजना छान्दै वडा नं. २६


पोखरा :    पोखरा महानगरपालिका वडा नं. २६ ले आर्थिक बर्ष २०७९/०८० का लागि टोल टोलमा पुगेर योजना छनौट शुरु गरेको छ । वडाले विहिबार सक्नेरी वहुउद्देश्यी सामाजिक भवन, अर्घौ व्याडमिन्टन हल, पिपलवोट जल्धारे र स्याङजाली तमु समाज मद्दतको पाटनमा भेला राखेर योजना छनौट गरेको हो ।  

 

टोलबाट प्राप्त भएका योजनाहरुलाई सूचीकृत गरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजन गरिने वडा अध्यक्ष नरेन्द्र थापाले बताए । वडा भेलालाई सम्वोधन गर्दै, अध्यक्ष थापाले वडा नं. २६ लाई महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो औल्याए । 

 

उनले विगतको बर्ष भन्दा यसपटक वडा विकासका लागि बजेटको सिलिङ बढेर आउने उल्लेख गर्दै, सवै योजना एकैपटकमा सम्पन्न गर्न संभव नभए पनि प्राथमिकताका आधारमा क्रमागत रुपमा अघि वढाईने बताए । 
पाँच बर्षका लागि जनताले सेवकका रुपमा आफ्नो नेतृत्वलाई अभिमत दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले कार्यकाल सकिएपछि मुल्यांकन गर्न आग्रह गरे । 

 

कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले वडाको पिछडिएको ठाउँबाट विकासको शुरुवात गरिने उल्लेख गरे । अर्का वडा सदस्य लक्ष्मीदेवी भट्टराईले निर्वाचनमा जनताले दिएको विश्वासलाई खण्डित हुन नदिने उल्लेख गरीन् । वडा सदस्य सुदिपराज ढुंगानाले वडामा समन्यायिक विकास गरिने उल्लेख गर्दै, विकासमा विभेद नगरिने बताए । 
वडा सदस्य सुजता बराल सुनारले वडा भेलाले निर्वाचन पछि जनताको समस्या बुझ्ने अवसर जुटेको बताईन । 

 

भेलामा पूर्व न्यायाधिस बासुदेव न्यौपाने, नेपाली काग्रेस वडा इकाई सभापति शिव रानाभाट, एमालेका प्रमिला बराल भण्डारी, सुर्य प्रकाश ढुंगाना, रामकृष्ण जि.सि, शर्मिला सुनार, नेकपा माओवादीका मेघराज भण्डारी, नेकपा समाजवादीका मदन प्रकाश बराल, पोष्टराज बराल, राप्रपाका टिकाराम अधिकारी, राष्ट्रिय जनमोर्चाका हरि बराल, भवानी कालिका माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद अधिकारी, जेष्ठ नागरिक विनिमाधव अधिकारी, स्याङजाली

 

तमु समाजका अध्यक्ष पूर्व लेप्लटेन मेन बहादुर गुरुङ्ग, सहनशिल आमा समूहका अध्यक्ष कल्पना नेपाली लगायतले योजना छनौटमा सुझाव दिएका थिए । वडा भेला वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी नवराज सापकोटा, इञ्जिनियर राजेश ब    ञ्जरा लगायतले सहजीकरण गरेका थिए । 
 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्