नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा

समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस

पाेखरा | असार २, २०७९

नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा तस्विर : राजाराम पौडेल



पोखरा :    नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।

 

 सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनुहुनेछ ।  नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो । 

 

त्यसो त पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा ३ महिने अभिनय प्रशिक्षण कार्यक्रम तहाँ हुन्छ । यो प्रशिक्षण पाँचौ व्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरैजना नेपाली रगंमञ्चमा क्रियाशिल छन् । यस्तैमा चौथो र पाँचौ व्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो ।

 

नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र निजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गर्नुहुनेछ ।

 

 यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिनुभएको छ ।

 

हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको आशा छ । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उहाँहरुको दावी छ । 

 

तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात् नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको विश्वास छ ।
‘नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोशिस गरेका छौं । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ’ उहाँले भन्नुभयो । 

 

नाटकमा १९ वर्षिय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरिनेछ । जसका कारण दर्शकले नयाँपन पाउने उहाँको भनाई छ । ‘हामीलाई समसामायिक विषयवस्तु माथि कम नाटक बनाइरहको आरोप लागिरहको बेला यस पटक हामीले समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस गरेका छौं । आशा छ हाम्रो कोसिसमा यहाँहरुको साथ मिल्ने छ’ परिवर्तनले  थप्नुभयो ।

 

पोखरा थिएटरको प्रस्तुतिमा श्रावण दोस्रो सातादेखि कक्षा नौ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने समेत तय भएको थिएटरले जनाएको छ ।

 


 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्