संसद अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफल गर्दै

काठमाडाैं | असार २५, २०८०

संसद अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफल गर्दै

संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बस्दैछन्।

 

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।

 

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

 

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।

 

आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिए ।

 

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्