पाेखरा ४ मा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

पाेखरा | असार २०, २०८०

पाेखरा ४ मा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

पोखरा: पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा वडा नं ४ मा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।


बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना एलजिना राई ( फेवा पब्लिक विद्यालय ), फियोना गुरुङ( पश्चिमाञ्चल विद्यालय ), क्षितिज अधिकारी ( फेवा पब्लिक विद्यालय ), आयुस पराजुली ( केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) रहेका छन् । उहाँहरुले रु ४०००, ३०००, २००० र १००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो । विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका वडा सदस्य प्रकाश कोईरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो ।


वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने बताएका छन् ।
प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो ।

 

प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गराईएको थियो । अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुबेदि र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।
 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्