तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीले दिए धर्ना
काठमाडाैं | असार २०, २०८०
चितवन: चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।
तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ । कार्यकारी निर्देशक डा। देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।
बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो ।बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ । तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।
भागबन्डा नमिल्दा रोकियो नियुक्ति
क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो ।
स्रोतका अनुसार मन्त्रीले बुझाएको लिष्टमा एक जनामात्रै माओवादी निकटका व्यक्ति छन् । अस्पतालको अध्यक्ष माओवादी निकटका डा। विजय न्यौपाने नियुक्त भैसकेकोले कार्यकारी निर्देशक कांग्रेसले पाउनुपर्ने दाबी छ ।
कांग्रेसले बोर्डमा बहुमत जुटाएर आफू पक्षका कार्यकारी निर्देशक नियुक्ति गर्न सक्ने सम्भावना भएकै कारण बोर्ड सदस्यको नियुक्ति रोकिएको हो । कांग्रेसबाट डा। विजय आचार्य र डा। शिवजी पौडेल कार्यकारी निर्देशक बन्ने दौडमा छन् भने माओवादीबाट डा। कृष्णसागर शर्माको दाबी छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

