नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य

काठमाडाैं | असार १९, २०८०

नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य तस्बिर फाइल

काठमाडौं:   आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

 

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।


सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यअअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।


नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८।१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे । कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे ।

 

स्पिनर ग्यारेथ डेलानीको २६ औं ओभरको अन्तिम बलमा अर्जुन एलबीडब्लू आउट भएपछि अर्धशतकबाट चुकेका हुन् । अर्जुनले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाए । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए ।


रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा मिडअफमा ह्यारी टेक्टरबाट समातिन पुगे ।

 

म्याकार्थीकै बलमा भीम सार्की २० रनमा समातिन पुगे । युएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध भने खाता खोल्न नसकी आउट भए । दीपेन्द्र स्पिनर एन्डी म्याकर्बीको बल रिड गर्न नसक्दा दीपेन्द्र एलबीडब्लू आउटको शिकार बनेका थिए । करण केसी ४ रनमा आउट भए ।


आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्