नराकोटमा मालपोत र नापी कार्यालय राखिने
जुम्ला | असार २, २०७९
नराकोट
जुम्ला : जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो ।
ती तीन गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो । नराकोटमा मालपोत कार्यालय स्थापना गर्न निर्णय गरिएको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भए पनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक छ भन्नुभयो ।
जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

