प्रदेशस्तरीय महिला भलिबल: म्याग्दी फाइनल प्रवेश
दोस्रो सेमिफाइनलमा स्याङ्जा र पर्वत खेल्दै
पाेखरा | असार १६, २०८०

पोखरा: जिल्ला भलिबल संघ म्याग्दी पोखरामा जारी गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा म्याग्दीले सुरुवाती अग्रता लिएपनि बागलुङले २०-२० बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेपनि म्याग्दीले २७-२५ ले पहिलो सेट जितेको थियो । म्याग्दीले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि म्याग्दीले दोस्रो सेमिफाइनलको विजेता जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीचको विजेता टोलि संघ प्रतिस्पर्धा गर्ने छ ।
पराजित टोलीले बागलुङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल आज नै हुने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...
पोखरा: पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका व...