चितवनमा आफ्नै बुवाको हत्या आरोपमा टेकबहादुर पक्राउ

चितवन | असार १६, २०८०

चितवनमा आफ्नै बुवाको हत्या आरोपमा टेकबहादुर पक्राउ

चितवन:   चितवनमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियार रहेका छन् ।

 

चितवन प्रहरीका अनुसार टेकबहादुरले ७० वर्षीय बुवा दिल बहादुर परियारलाई घरायसी विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा दिल बहादुरको मृत्यु भएको थियो ।

 

बुवाको मृत्युपछि फरार रहेका छोरा टेकबहादुरलाई हिजो (शुक्रबार) बिहान वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

सो विषयमा अहिले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ  । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्