बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना
कपिलवस्तु | असार १५, २०८०
कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।
बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका(३ देउराली मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।
घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो।
दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी घलेले जानकारी दिए।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

