आजदेखि निरमाया दोहोरी साँझमा विशेष साँस्कृतिक कार्यक्रम

पाेखरा | असार १४, २०८०

आजदेखि निरमाया दोहोरी साँझमा विशेष साँस्कृतिक कार्यक्रम

पोखरा:  पोखराको निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।

 

चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो ।

 

राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी दिए । उनका अनुसार सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ । 

 

वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ ।

 

कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले बताए । 

 

दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । 
 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्