इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

इलाम | असार १२, २०८०

इलाममा आगलागीबाट आठ घर जलेर नष्ट फाइल तस्बिर

इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् ।

 

गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

 

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्