माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन | असार १०, २०८०

माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन:  पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका, ४ मनकामना केवलकार नजिकै माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

आज आइतबार दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले र विपरीत दिशातर्फ आँउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही कञ्चन गाउँपालिका १ बस्ने ३६ वर्षका हेमन्त कुमाल घाइते भएका थिए । घाइते कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ठक्कर दिने सवारी साधन र चालक मकवानपुर कैलाश गाउँपालिका २ घर भएका लुम्न सिंह मोक्तानलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
 

काठमाडौं:  दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठ...

थप पढ्नुहोस्

पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा ...

थप पढ्नुहोस्

पोखरा:   पोखराको विभिन्न स्थानबाट चोरी भएको स्कुटरसहित ५ जना युवक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको प्रहरीको टोलीले चोरी भएको तीन वटा स्कुटर सहित ५ युवकलाई प्रक्रा...

थप पढ्नुहोस्