नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | असार ९, २०८०

नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैन:  प्रधानमन्त्री प्रचण्ड तस्बिर फाइल

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र  अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । 


नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 


प्रधानमन्त्री प्रचण्डले यथास्थितिका सौन्दर्यचेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे । 


प्रधानमन्त्रीले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्नुहुँदै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको स्पष्ट पारे ।

 

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याउए । 


उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र हामी सफल हुने बताए । 

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।  सुवेदीले मुख्यमन्...

थप पढ्नुहोस्

गोरखा:   उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा...

थप पढ्नुहोस्

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । नगर प्रमुख सुरेश साह सोनार...

थप पढ्नुहोस्