आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय
काठमाडाैं | असार ८, २०८०
काठमाडौं: नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेशको सम्मान गर्दै आज (शुक्रबार)बाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’
केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो ।
बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

