नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडाैं | असार ७, २०८०

नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै तस्बिर फाइल

काठमाडौं:    नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।


नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपालले अमेरिकासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको कप्तान रोहित पौडेलले टसको समयमा जानकारी दिएका छन् ।


नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।


अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न थालेको हो ।


नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ । वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो ।

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्