सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु
काठमाडाैं | असार ७, २०८०
सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ ।
नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।
बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ ।
मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ ।
२०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

