नेपाल कुवेतसँग पराजित
काठमाडाैं | असार ६, २०८०
काठमाडौं: साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ‘ए मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

