चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ
काठमाडाैं | असार ५, २०८०
काठमाडौं: ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिएका छन् ।
सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

