चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ

काठमाडाैं | असार ५, २०८०

चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ

काठमाडौं: ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिएका छन् ।

 

सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । 
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्