पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने
पाेखरा | असार ५, २०८०
पोखरा: पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए । उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा साङ्गातिक कलाकार संघ, बालन एवम् कला सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह, लोक नृत्य कलाकार संघ, संगीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल, त्रिवेणी संगीतालय, जे।ई। म्यूजिक एकेडेमी, कर्णप्रिय संगीतालय, हार्मोनी समूह, तरेली सांस्कृतिक परिवार, गीतकार प्रतिष्ठान नेपाल, झलकमान गन्धर्व सारङ्गी पाठशाला, धनबहादुर स्मृति प्रतिष्ठान, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान लगायतका संस्थाहरु सह—आयोजकमा रहेका छन् ।
२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व संगीत दिवसको थालनी इ।सं। १९८४ सालदेखि फ्रान्सबाट भएको हो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

