कटन र उनीको धागोमा लगाइएको १५ प्रतिशत कर हटाउन निर्यात व्यवसायीको माग

काठमाडाैं | जेठ २९, २०८०

कटन र उनीको धागोमा लगाइएको १५ प्रतिशत कर हटाउन निर्यात व्यवसायीको माग फाइल तस्बिर

काठमाण्डौ:   निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ । 

 

सोमवार आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासङ्घले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।

 

महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो।

 

उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपछि १२ प्रतिशत कर तिर्नु पर्नेमा आउँदो आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनु भयो। 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्