पोखरामा फुटबलर साम्बा सम्मानित
को हुन् साम्बा ?
पाेखरा | जेठ २७, २०८०
पोखरा: पोखराको नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् ।
मदरल्याण्ड माध्यमिक विद्यालयले भण्डारीलाई नगद २५ हजार, सम्मानपत्रसहित दोसल्लाले सम्मान गरेको हो ।
उनलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सम्मान अर्पण गरे ।
सो अवसरमा बोल्दै भण्डारीले खेल जिवनका लागि थप हौसला मिलेको बताइन् । भण्डारीले आफ्नो फुटबल अभ्यासका अतीत सम्झँदै सँघर्षले नै सफलता प्रदान गर्ने बताइन् ।
उनले आगामी दिनमासमेत राष्ट्रको शिर उचो बनाउनका आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा राखेकी थिइन् ।
को हुन् साम्बा ?
साम्बा उपनामले परिचित सावित्रा भण्डारी २६ वर्षअघि लमजुङको बाहुन्डाँडामा जन्मिएकी हुन ।
विगत एक दशकदेखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् ।
सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् ।
त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् ।
साम्बको सोही योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताएका थिए ।
गण्डकी प्रदेशस्तरीय फुटसल सुरु
मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।
भर्खरै एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कुल ६० टिमको सहभागिता रहेको छ ।
पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले सो प्रतियोगिताको उद्घाटन गरे ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै ...

