प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडाैं | जेठ २६, २०८०

प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश तस्बिर फाइल

काठमाडौं:   सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ ।


शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको हो ।


पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए । 


सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यस रिट निवेदनमा उठाइएको विषय इजलासबाट हेरी न्याय निरुपण गर्नुपर्ने विषय देखिएकाले यस अदालतका रजिष्ट्रारबाट २०८० जेठ १६ मा भएको आदेश बदर गरिदिएको छ । रिट निवेदन दर्ता गरी नियमानुसार गर्नुहोला ।’’

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्