राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ
काठमाडाैं | जेठ २६, २०८०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत अधिकृत छैटौं तह लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो। उनले ५० हजार घुस लिइसकेकोऊ अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ।
घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका(३१ शंखमुलबाट पक्राउ गरेको हो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

