काठमाण्डौ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने
काठमाडाैं | जेठ २६, २०८०
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।
महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदो आर्थिक वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।
काठमाण्डौ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।
अहिले काठमाण्डौ महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाण्डौ महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषय समेटेर आउँदो आवदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।
एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले यो कार्यक्रम काठमाण्डौ महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाण्डौ महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।
यो कार्यक्रमसँगै काठमाण्डौ महानगरले आउँदो आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । प्रविधि र विशेष शिक्षामा गएको वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको काठमाण्डौ महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।
शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाण्डौ महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सिप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको यो कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।
काठमाण्डौ महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

