गर्मीले गर्दा झापाको दमक र कचनकवलका विद्यालय बन्द
झापा | जेठ १८, २०८०
दमक: केही दिनयता अधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरू २ दिन सार्वजनिक बिदा दिइएको छ ।
दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको हो ।
शैक्षिक सत्र २०८० को बर्से बिदाबाट काटिने गरी बिदा दिइएको दमक नगरपालिका शिक्षा अधिकृत प्रवीण खड्काले बताउनु भयो । गर्मीका कारण बिद्यार्थीहरुलाई समस्या आउन सक्ने भएकाले बिदा दिइएको हो, खड्काले भन्नुभयो ।
यसै गरी झापाको कचनकवल गाउँपालिकाले बिहीबार देखि २२ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।
कचनकवल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमात्र बन्दको सूचना निकालेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

