गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र
पाेखरा | जेठ १७, २०८०
पोखरा: विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् ।
गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो ।
विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडी बढाउन आगामी आर्थिक वर्ष ०८०र०८१ को बजेटमा हिन्दु धर्म सम्बन्धि परियोजनामा बजेट विनियोजन गरिदिनु हुन अनुरोध गरेका छन् ।
शाहले गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको अन्तराष्ट्रिय स्तरको अब्बल सम्बन्ध भएको शहर भएको र पोखरा धर्मक्षेत्र कोशी गण्डकी सभ्यताको केन्द्रस्थल भएकोले धार्मिक पर्यटन बढाउन पहल गर्न अनुरोध गर्दै पोखरासँग रहेको नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई भरपुर सदुपयोग गरी नेपालको समृद्धि हासिल गर्न नेपालका मौलिक ज्ञानहरुको अध्ययन अध्यापन गराउन पोखरामा एक सुविधा सम्पन्न अत्याधुनिक योगी नरहरिनाथ कर्मयोग गुरुकुल स्थापना गर्नु अति आवश्यक रहेको बताउनुभयो ।
शाहले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलाठूला गौशाला निर्माण गरी नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य विश्व कला यात्री प्राज्ञ नगेन सिंहले मगर गुरुङ्ग भाषा संस्कृति इतिहास अध्ययन अनुसन्धान प्रबद्र्धन र गण्डकी सभ्यता खोज अनुसन्धानको लागि पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउदै धार्मिक पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
संघले गाँजा अध्ययन अनुसन्धानको लागि अनुमति दिन समेत निवेदन गरेको छ ।
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्र...
कास्की: पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक स...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औ...

