देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : अब ठूलो पानी नपर्ने

काठमाडाैं | जेठ १७, २०८०

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : अब ठूलो पानी नपर्ने फाइल तस्बिर

काठमाण्डौ:   आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । 

 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ ,ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

आज कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाकारी गराएको छ ।

 

अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन्।

 

काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले सुचना प्रदान गरेको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्