देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : अब ठूलो पानी नपर्ने
काठमाडाैं | जेठ १७, २०८०
फाइल तस्बिर
काठमाण्डौ: आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ ,ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाकारी गराएको छ ।
अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन्।
काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले सुचना प्रदान गरेको छ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

