आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई

काठमाडाैं | जेठ १६, २०८०

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई

काठमाडौं:    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो ।


चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे ।


गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।


गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एकरएक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्