नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडाैं | जेठ ९, २०८०

नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने तस्बिर फाइल

काठमाडौं:   नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।


प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् ।


यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।


नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्