जग्गाको वर्गीकरण नहुदाँ कित्ताकाट रोक्का

डोटी | जेठ ९, २०८०

जग्गाको वर्गीकरण नहुदाँ कित्ताकाट रोक्का फाइल तस्बिर

डोटी:  बिगत लामो समयदेखि रोजगारीको सिलसिलामा परिवारसहित भारतमा बस्दै आएका डोटी आदर्श गाउँपालिकाका शेर रोकाया घर आएका छन् । 

 

श्रीमती र छोराछोरी समेत केही दिनको बिदामा घर फर्केका उनी भाइहरुबीच पैत्रिक सम्पत्तिको अंशबण्डा गरेर फर्किन चाहन्थे , तर अंशबण्डा नहुने भयो ।

 

‘आमा–बुवा बित्नु भएको धेरै भयो, बुवाको नाममा रहेको जग्गा जमिनको अंशबण्डा गरिहालौं भन्ने सोचेर उताबाट आएँ,’ रोकाया भन्छन् ‘यता आएपछि थाहा भयो अंशबण्डा हुँदैन भन्ने ।’ उनलाई किन यस्तो भएको हो थाहा छैन, तर जग्गाको कित्ताकाट गर्न रोकिएको भन्ने मात्रै उनले बुझे । अंशबण्डा नहुने भएपछि उनी फेरी कर्मथलो फर्किने तयारीमा छन्, भन्छन् ‘अब जहिले आउँला उहिल्लै अंशबण्डा गरौंला ।

 

तीन दाजु–भाइमध्ये जेठा उनी भाइहरुबीच अंशबण्डा गरिदिनु आफ्नो जिम्मेवारी पनि सोच्छन् । उनी भन्छन् ‘भाइहरुबीच कुनै मनमुटाव नगरी राजीखुशी अंशबण्डा भइदिओस् भनेर आएको हुँ, तर यसपालि हुन सकेन ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्