प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि पोखरामा आउने
पाेखरा | जेठ ९, २०८०
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बुधबार) पोखरा आउने भएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा हुने मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री दाहाल बुधबार पोखरा आउने भएका हुन् ।
उनले पोखरामा भोलि (बुधबार) हुने मुख्यमन्त्री सम्मेलनलाई सरकारको तर्फबाट सम्बोधन गर्नेछन् ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार भोली (जेठ १०) गते पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको भेला छ ।
सो सम्मेलनमा विभिन्न प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गरिने बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

