जीवनसाथीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा उपहार

काठमाडाैं | जेठ ३१, २०७९

जीवनसाथीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा उपहार

श्रीमान् गोकर्ण क्षेत्रीको ४३ औं जन्मदिनमा निर्मला क्षेत्रीले अनौठो तर लाभदायक उपहार दिएकी छिन् । 

 

पोखरा – १७ निवासी निर्मला क्षेत्रीले गोकर्णलाई २० लाख १० हजार रुपैयाँको जीवन बीमा गरिदिएकी हुन् । बीमाको उक्त रकम किस्ताबन्दीमा तिर्दै जाने निर्मलाले जानकारी दिइन् । 
 

उपहारस्वरुपको बीमा पोलिसी महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘जीवन बीमा योजना’ अन्तरगत पर्दछ । निर्मला स्वयं इन्स्योरेन्सकी अभिकर्ता हुन् । 

 

उपहारस्वरुप बीमा पोलिसी पाएपछि गोकर्णले भने ‘जन्मदिनका केही फरक र अनौठो उपहार पाए, त्यो भन्दा बढी यो मायालु उपहार हो, श्रीमतीलाई धन्यवाद !’

 

उपहार प्रदान कार्यक्रममा बिमा कम्पनीका क्षेत्रिय प्रबन्धक अखिल धमला र अभिकर्ता रामप्रसाद खतिवडाले आधुनिक जीवनमा बीमाको महत्वबारे प्रकाश पार्दै फजुल र अनावश्यक खर्चमा कटौती गरी बीमामा जोड दिन आग्रह गरे । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्