अरण्यज्योति कपः समूह ‘बि’तर्फ साँग्रिला र पल्सर सिइसीको विजयी सुरुवात

पाेखरा | जेठ ४, २०८०

अरण्यज्योति कपः समूह ‘बि’तर्फ साँग्रिला र पल्सर सिइसीको विजयी सुरुवात

पोखरा:     रण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा बिहीबारदेखि ग्रुप ‘बि’तर्फको खेल शुरु भएको छ । बिहीबारको खेलमा साँग्रिला क्रिकेट क्लव र पल्सर सिइसी विजयी भएका छन् ।


पहिलो खेलमा साँग्रिलाले पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँलाई १४ रनले पराजित ग¥यो । टस हारेर व्याटिङ गरेको साँग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । साँग्रिलाको तर्फबाट राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे । तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ तथा प्रदीप अर्याल, कमल परियार र इशान पाण्डेले दुई दुई विकेट बाँडे ।


जितका लागि १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नविन यादवले १९ तथा कृष कार्कीले १५ रन बाहेक अन्य व्याट्स्मायनले दर्शनिय प्रदर्शन गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच भएका साँग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिब्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशिले २, विपिन खत्री र शरद भेषावकरले एक एक विकेट लिए ।


अर्को खेलमा सिइसीले राइजिङ पोखरालाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको राइजिङ पोखराले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङ्गले ९ रन हाने । म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिदै पोखराको व्याटिङ लाइनअप कमजोर पारे । त्यस्तै, अविनास बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए ।


६० रनको सानो लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हाँसिल ग¥यो । सिइसीका लागि बिराट भण्डारीले अबिजित ३४ रन बनाए । पोखराका बलरहरु धिरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट लिए । 
 

पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

थप पढ्नुहोस्