चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार

काठमाडाैं | जेठ २, २०८०

चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार फाइल तस्बिर

काठमाडौं:  दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ ।

 

उनीहरुको बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।

 

शनिवार बेलुका व्यास गाउँपालिकाको हुमदुम्तीमा यार्सा सङ्कलन गर्न गएका दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन ।

 

घटना पछि उद्धारका लागि सुर्खेतबाट हिजो गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण सदरमुकाम खलङ्गामै थन्किएको थियो र मौसम खुलेसँगै उनीहरुको बिहान उद्धार गरिएको हो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्