टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडाैं | बैशाख २७, २०८०

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं:   नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो ।


राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।


रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

विराटनगर:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकाले साउन २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक वि...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।  आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।   राष्ट्रपति र प्रधान...

थप पढ्नुहोस्