पदोन्नती भएका २० जना एसएसपीलाई दर्ज्यानी

काठमाडाैं | बैशाख २५, २०८०

पदोन्नती भएका २० जना एसएसपीलाई दर्ज्यानी Photo: Nepal Police

काठमाडौं:   प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २० जना प्रहरी अधिकृतहरू दर्ज्यानी प्रदान गरिएको छ ।

 

प्रहरी सँगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज (सोमबार) आयोजित एक समारोहबीच २० जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

 

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ २१ जनालाई पदोन्नती गरेको थियो । तर कार्यक्रममा २० जनाले दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । 
 

पदोन्नती हुनेहरुमा प्रशासनतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् । 

 

यस्तै प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । 

 

साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त भने हाल संयुक्त राष्ट्र संघीय मिसनमा छन् ।

 

सो कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बसन्त कुँवरले पदोन्नतिसँगै जिम्मेवारी बढेकाले संगठनको प्रतिष्ठा बढाउने काममा सधै समर्पित हुनुपर्ने बताएका थिए ।

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्