नक्कली शणरार्थी प्रकरणमा जुग्जाली भन्छन्– ‘म विरुद्ध उजुरी पर्याे भने अनुसन्धानमा सघाउन तयार छु’

पाेखरा | बैशाख २४, २०८०

नक्कली शणरार्थी प्रकरणमा जुग्जाली भन्छन्– ‘म विरुद्ध उजुरी पर्याे भने अनुसन्धानमा सघाउन तयार छु’

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली मगरले नेपालीलाई भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

 

उनले आफुलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार संप्रेषण गरिनु निन्दनीय रहेको बताउदै आफ्नो संलग्नता नरहेको स्पष्ट पारे । 

 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र ठगी धन्दा गर्ने भन्ने विषयमा  प्रकरणमा मुछेको भन्दै जुग्जाली मगरले आक्रोश व्यक्त गरे ।  ‘यदि मेरो नामबाट कसैले तपाईलाई अमेरिका पठाइदिन्छु भनेर अथवा मैले कसैलाई ठगी गरेको छु भने उजुरी गर्नुस्, सुनगाभा न्यूजसँग उनले भने, ‘यदि मेरो विरुद्ध केस पर्या भने म त्यसलाई सघाउन तयार छु । मबाट त्यस्तो भएको प्रमाण आयो भने म त्यसको जवाफ दिन र प्रतिवाद गर्न तयार छु ।’

 

उनले आफु सार्वजनिक पद धारण गरेको व्यक्ति रहेकाले सधै पारदर्शी रहने बताए ।  ‘म सार्वजनिक व्यक्ति पनि हुँ त्यसैले म पारदर्शी र खुला छु त्यसैले मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाउदा मेरो ऋणपनि पेश गरेको छु यसले पनि मेरो आर्थिक स्थितीबारे प्रष्ट छनी,’ जुग्जालीले भने ।

 

सांसद जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार संप्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको सुनाए ।

‘दुइवटा अनलाइनले अन्दाधुन्दा तरिकारले समाचार शेयर गर्नुभाछ मैले उहाँहरुको विरुद्ध साइबर क्राइममा र प्रेस काउन्सिलमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छु, जुग्जालीले भने, ‘त्यसकारण मेरो अहिलेपनि चुनौती छ ति दुइवटा अनलाइनलाई यदि मबाट त्यस्तो धन्धा चलेको छ भने प्रमाणित गर्नुस् ।’

 

उनले म्याग्देली युवाहरुलाई भ्रममा नपर्न समेत आग्रह गर्दै भने, ‘युवाले केही गर्छ भनेर विश्वास गर्नुभएको छ । त्यसैले तथ्यहीन र आधारहीन समाचार सेयर गरेर युवाविरुद्ध नलाग्नुस् किनभने हामी बद्नाम हुने भनेकै तपाइहरु बदनाम हुने होनी ।’

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरिसकेको छ ।

 

साेही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । तर रायमाझीले आफ्नो संलग्नता नरहेको बताउदै आएपनि उनी प्रकाउ पुर्जी जारी भएपछि उनी फरार छन् । 

 

 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्